यही चटारोमा सुष्माले पब्लिसिटी फण्डाका रुपमा अर्को एक किस्सा फ्याँकेकी छिन् । आफ्नो फेसबुक एकाउन्टमा 'ब्याच नम्बर १६' को-एक्ट्रेसले आफू सिङ्गल रहेको उल्लेख गरेकी छिन् । आफ्नो नीजि र प्रेमजीवन बारे मिडियाले लेखिरहँदा सुष्माले आफू सिङ्गल रहेको लेखेकी छिन् । तर, यो वास्तविक नभएर फिल्म पब्लिसिटी गर्ने मसलाका रुपमा सुष्माको उक्त स्टाटसलाई लिन सकिन्छ । उनको प्रेमजीवन सबैलाई थाहा भएको कुरा हो ।
सुदर्शन थापा निर्देशित चलचित्रमा सुष्मा लिड एक्ट्रेस छिन् । फिल्ममा उनको अनस्क्रिन रोमान्स चाँहि लभरब्वाइ आर्यन सिग्देलसँग छ । आफूलाई सिङ्गल लेखेर हाम्री सुष्माले ध्यान आफूतिर तान्ने काइदा अँगालेकी छिन् । यदि सुष्मा साँच्चिकै सिङ्गल हुन् भने सिङ्गल भनेहुन्छ । होइन भने आफूलाई सिङ्गल बताएर फ्यानहरुलाई मन दुःखाउने काम चाहिँ सुष्माले गर्नेछैनिन् ।